Banking Khabar
Heading1

नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

October 5, 2021
सेयर:

काठमाडौं- नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत् लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेण्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ।