Banking Khabar
Heading1

ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव

October 6, 2021
सेयर:

काठमाडौं– ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात् उक्त चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ।