Banking Khabar
Heading2

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

October 7, 2021
सेयर:

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही शुक्रबार बाँडफाँट हुने भएको छ।
बुधबार प्रिअलटमेन्टको काम सकिएको बताउँदै  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले शुक्रबार आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो।

कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

क्यापिटलका अनुसार बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार आवेदकबाट कुल २ करोड ६९ लाख २० हजार बढी कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३६ गुणाभन्दा बढी हो।

आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाउने छन्। यो हिसाबले साढे २० लाख बढीको हात खाली हुने भएको छ।