कलाकार मनोज गजुरेलले गरे बिहे

२५ आश्विन २०७८, सोमबार ०८:३६

काठमाडौं- हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन्।
गजुरेलले सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन्।

विवाहपछि सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले भनेका छन्, ‘सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद् जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ। अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका  बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ।’

मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो। जीवन सधैँ सरल रेखामा नहिंड्ने बताउँदै गजुरेलले जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुन स्वभाविक भएको बताएका छन्।

‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो” उनले लेखेका छन्।

नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग आफ्नो चिनजान भएपछि विस्तारै घनिष्टता बढ्न थालेको र सहयात्रा गर्ने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन्।

‘एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं। अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *