कलाकार मनोज गजुरेलले गरे बिहे
काठमाडौं- हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन्।
गजुरेलले सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन्।
मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो। जीवन सधैँ सरल रेखामा नहिंड्ने बताउँदै गजुरेलले जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुन स्वभाविक भएको बताएका छन्।
‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो” उनले लेखेका छन्।
नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग आफ्नो चिनजान भएपछि विस्तारै घनिष्टता बढ्न थालेको र सहयात्रा गर्ने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन्।