काठमाडौँ – चौधरी ग्रुप अन्तर्गतको सिजी डेभलपर्सले ‘सिजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ।नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो।
राजधानीमा पछिल्लो समय भिआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटीको विशेष आकर्षणका रूपमा सिजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको छ। सरकारले भैँसेपाटीमा मन्त्रीक्वाटर लगायत अन्य आवासीय संरचना निर्माण गरिरहेको छ।
सिजी डेभलपर्सले भैँसेपाटीमा ६० वटा लक्जरियस घरहरू निर्माण सुरू गरेको छ। आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सिजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन हाउजिङ परियोजना सुरू गरेको हो।
यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन्। करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन्।
यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन्। नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ।
सिजी नेपालको रियल स्टेट बिजनेसको पायोनियर कम्पनी मानिन्छ। यस ग्रुपले दुई दशक अगाडि काठमाडौं रेजिडेन्सी र माउण्ट भ्यू रेजिडेण्सी निर्माण गरेको थियो।