न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार
काठमाडौं–  न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज (शुक्रबार) बिहान सेयर बाँडफाँट भएको हो। आवेदकमध्ये २ लाख ९ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ। कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो। यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ। यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको थियो, जुन मागभन्दा १४ गुणा बढी हो। कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो। कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको थियो। कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ता भएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ। कम्पनीले संस्थापक सेयर धनी तथा कर्मचारी र स्थानीय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ। सर्वसाधारणमा समेत सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड पुग्नेछ। आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ। यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp