Banking Khabar
Heading1

राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले घटाए ब्याजदर

October 22, 2021
सेयर:

काठमाडौं– वाणिज्य बैंकहरूले कात्तिकका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका छन्

उच्च अंकका ब्याजदर वृद्धि गरेका  वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर घटाएका हुन्। यसअघि ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पुर्याएका वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि  एकल अंकमा झारेका छन्।

केन्द्रीय बैंकले बैंकहरूको नयाँ ब्याजदर अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा अधिक हुन नहुने भनेपछि बैंकहरूले ब्याजदर संशोधन गरेका हुन्। यसअघि बैंकहरुले मुद्दती निक्षेपमा ११.६७ प्रतिशतसम्म ब्याज घोषणा गरेका थिए ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेका नयाँ ब्याजदरअनुसार १५ वटा वाणिज्य बैंकले ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स इन्टरनेसनल र कृषि विकास बैंकको ब्याजदर भने ९ प्रतिशतभन्दा तल रहेको छ।

यस्तो छ बैंकहरुको संशोधित ब्याजदर