आर्थिक वृद्धि ५.८ प्रतिशत भन्दा धेरै हुने सरकारी दाबी
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको भन्दा बढी हुने सरकारले दाबी गरेको छ । पछिल्ला महिनामा आर्थिक गतिविधि उल्लेख्य बढेकाले वार्षिक आर्थिक वृद्धि विभागको प्रक्षेपण भन्दा धेरै हुने अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले बताए । यद्यपि अहिलेको बेमौसमी बाढी मूल्यवृद्धि र बाह्य क्षेत्र दबाब चुनौतिकै रुपमा रहेको उनले स्वीकार गरे । यति हुँदाहुँदै पनि आर्थिक वृद्धि विभागले प्रक्षेपण गरेको ५.८ प्रतिशतभन्दा बढी हुने उनको दाबी छ ।
कोभिडको कारणले लामो समय आयात ठप्प रहेकाले त्यसपछि खुल्दा एकै पटक आयात उच्च भएकाले बाह्रय क्षेत्र दबाबमा रहेको उनले बताए । ‘मुलुकको आर्थिक अवस्था अहिले मात्र बिग्रिएको नभई त्यसको सुरुवात विगतका वर्षदेखि नै भएको हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने । यद्यपि अवस्था सुधारका लागि सरकारले सरोकार निकायसँग प्रभावकारी रुपमा समन्वय गरेर नीतिगत पहल गरिरहेको उनले दाबी गरे । अवस्था सुधारका लागि पछिल्लो समय केही वस्तुको प्रतितपत्र (एलसी) खोल्नमा कडाइ गरिनुका साथै केही वस्तुको आयात रोकिएको उनले बताए ।
सम्बन्धित खबर
जलवायु परिवर्तनको जोखिममा जलविद्युत् आयोजना
२७ मंसिर २०८२, शुक्रबार
सफल भएन बजारका अनधिकृत क्रियाकलाप रोक्न धितोपत्र बोर्ड
२७ मंसिर २०८२, शुक्रबार
सिबिआईएल क्यापिटले डाक्यो साधारण सभा २५%लाभांश पारित
२७ मंसिर २०८२, शुक्रबार
