कामना सेवा विकास बैंकको नाफा बढ्दा ईपीएस २३ रुपैयाँ नाघ्यो
कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा आर्जन गरेको १९ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा १६.९९ प्रतिशतले बढी हो।
बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ। यो १.४३ प्रतिशतको वृद्धि हो।
चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ पुगेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ।
निक्षेप र कर्जा लगानीमा वृद्धि
चालु आवको असोज मसान्तसम्ममा बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको निक्षेप २.६० प्रतिशतले बढेको हो।
त्यस्तै, बैंकको कर्जा लगानी ३.९५ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको असोज मसान्तसम्ममा ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले चालु आवको सोही अवधिमा ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रतिसेयर आम्दानी बढ्यो, खराब कर्जा घट्यो
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ४६ पैसाबाट बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.५८ गुणा रहेको छ।
यस अवधिमा बैंकले खराब कर्जा (एनपीएल) अनुपातसमेत घटाउन सफल भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ।
खराब कर्जा घटेसँगै बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको इम्पेरिमेन्ट चार्जमा पनि कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको पहिलो त्रैमासमा घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी र निक्षेप तथा कर्जा लगानीमा भएको वृद्धिसँगै खराब कर्जा तथा इम्पेरिमेन्ट चार्जमा आएको कमीले समीक्षा अवधिमा बैंकको वित्तीय सूचकमा सुधार देखिएको छ।
