Banking Khabar
Heading2

स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

June 27, 2022
सेयर:

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card ) मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पुर्याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी गरिमा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र (ATM, PoS, e-Commerce) जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।