एनएमबि बैंकले ल्यायो १५ वर्षका लागि स्थिर घर कर्जा योजना

५ चैत्र २०७९, आईतवार ०४:१८

एनएमबि बैंकले नयाँ घर कर्जा योजना ल्याएको छ । बैंकले १५ वर्षका लागि ११ दशमलव ९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा योजना ल्याएको जनाएको छ ।

यस नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने छ । मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *