बीओकेको लाभांश प्रस्ताव
९ कार्तिक २०७८, मंगलवार ०५:१०
काठमाडौं– बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले बोनस सेयर र नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित गरी ४ प्रतिशत नगद रहेको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।