Banking Khabar
Heading2

अतिथि रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

February 9, 2026
सेयर:

 अतिथि रिसोर्ट एण्ड स्पाले सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै निवेदन पेश गरेको छ । माघ २० गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा १६ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि निवेदन पेश गरेको हो ।

यस कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले पोखराको लेकसाइड, शान्तिपाटन क्षेत्रमा चार तारे लक्जरी रिसोर्ट तथा स्पा सञ्चालन गरिरहेको छ । डिलक्स, लग्जरी र सुट कोठाहरू रहेको यस रिसोर्टमा विविध मसाज तथा उपचार सेवाहरू समेत उपलब्ध छ ।