Banking Khabar
Heading1

राष्ट्र बैंकमा नेतृत्व विस्तारको तयारी, आजै डेपुटी गभर्नर नियुक्ति हुन सक्ने संकेत!

April 7, 2026
सेयर:

काठमाडौंमा आज अचानक राजनीतिक तथा आर्थिक गतिविधि तीव्र बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियमित कार्यतालिका बाहिर आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएपछि विभिन्न निर्णयहरू हुन सक्ने अनुमान गरिएको छ।

स्रोतहरूका अनुसार आजको बैठकमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति सम्बन्धी विषय प्राथमिकतामा पर्न सक्छ। केन्द्रीय बैंकको नेतृत्व संरचना सुदृढ गर्न नयाँ पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।

गभर्नर डा. विश्व पौडेलले डेपुटी गभर्नरका सम्भावित उम्मेदवारहरूको सूची अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष पेश गरिसकेको जानकारी प्राप्त भएको छ। त्यसै आधारमा आजको मन्त्रिपरिषद् बैठकमा नाम प्रस्ताव हुने सम्भावना रहेको छ।

नेपाल राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरूमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ। हाल एक पद रिक्त भएपछि १७ जना कार्यकारी निर्देशक मात्र प्रतिस्पर्धामा रहेका छन्।

यदि आज निर्णय भयो भने राष्ट्र बैंकले छिट्टै नयाँ नेतृत्व टोली पाउनेछ, जसले मौद्रिक नीति र वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।