Banking Khabar
समचार

८६ जना न्याय सेवाका कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

August 15, 2021
सेयर:

३१ साउन, काठमाडौं । आजको न्याय सेवा आयोगको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुवा गरेको छ । उक्त इजलासमा कार्यरत रजिस्ट्रार ठगिन्द्र कट्टेललाई पाटनमा सरुवा गरिएको बताइएको छ ।

यस्तो छ सरुवाहरुको सूची