सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?
३२ साउन, काठमाडौं । सनराइज बैंक लिमिटेडले ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३ नौबस्तामा ८५ औं र रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।
साथै, आइतबार बैंकले सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।