नबिल बैंकको ऋणपत्र बाँडफाँड

३२ श्रावण २०७८, सोमबार १५:१८

३२ साउन,काठमाडौं । नबिल बैंक लिमिटेडको आज ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन २४ गते आइतबारसम्म निष्कासन गरेको ऋणपत्र आज बाँडफाँड गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अकिंत दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds