प्रतिकुल अवस्थाका बिच ‘क’ बर्गका बैंकको कमाए ६३ अर्ब, नबिल पहिलो स्थानमा

१ भाद्र २०७८, मंगलवार ०५:४९

भदौ १, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो आ.वमा यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेकोमा यो बर्ष भने महामारीको प्रतिकुल अबस्था बिच पनि अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी नाफा आर्जन गर्न सफल भएका छन् । कोरोना महामारीको विच पनि अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको देखिन्छ ।

मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिल बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मुनाफा ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मूनाफामा भने गिरावट आएको छ । मूनाफा घट्दा यो बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँ मात्रै कमाएको छ ।

मूनाफाका आधारमा कृषि विकास बैंक चौथो नम्बरमा देखिएको छ । बैंकले नाफा ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ । पाँचौ नम्बरमा भने नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *