झिनो अकंले बढ्यो नेप्से, हाईड्रोपावरको सेयरमा उछाल

१ भाद्र २०७८, मंगलवार १०:४७

भदौ १, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सामान्य बढेको बजारमा पनि हाइड्रोपावरको सेयरमा भने उछाल आएको छ । सर्वाधिक कारोबार हुने र धेरै नाफा कमाउने पनि अधिकांश हाइड्रोहरू छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेको छ । नेप्से ०.०१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा पुगेको छ ।

कूल २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *