मन्दाकिनी हाइड्रोले १७ करोडको आईपीओ निष्कासन गर्ने

१ भाद्र २०७८, मंगलवार ११:१६

१ भदौ, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

उक्त कम्पनिले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनिको उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

यसैगरी, कम्पनीले प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *