बैंकर्सलाई गभर्नरले बनाए कन्भेन्स, १ खर्बले लगानी बढ्ने आधार

१ भाद्र २०७८, मंगलवार ११:१२

भदौ १, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक मौद्रिक नीतिबारे बैंक वित्त र फाइनान्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेको छ। मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका जारी गर्ने तयारीका साथ बैंकर्ससँग सोमबार छलफल गरेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अहिलेकै अवस्थामा सिडी रेसियो लागू हुँदा २/३ खर्ब रुपैयाँले बैंकहरुको लगानी क्षमता घट्न सक्ने तथ्य छलफलको क्रममा सुनाएका छन्। तर गभर्नर महाप्रसाद अधिकारीले भने सिडी रेसियो लागू हुँदा बैंकहरुको लगानी क्षमता घट्ने नभई उल्टै १ खर्ब ९ अर्बले लगानी क्षमता बढ्ने गरि हिसाब प्रस्तुत गरेर देखाएका छन्।

विभिन्न सञ्चार माध्यमले सीडी रेसियो सम्बन्धी गरेको गणना विधिमा राष्ट्र बैंकले समायोजन गर्न मिल्ने भनेको सूचक नराखेको भन्दै उनले सीडी रेसियो ९० प्रतिशत गर्दा हालको अवस्थामा पनि बैंकहरुको कर्जा क्षमता करिब १५० अर्ब बढी हुने गरीको हिसाब गभर्नरले अध्यक्ष दाहाललाई बुझाएका थिए ।

बोन्ड, पुनर्कर्जा, बैदेशिक ऋण जस्ता सापटीहरु र स्रोतहरु पनि सिडी रेसियोमा गणना गर्न पाउने भएकाले सिडी रेसियो लागू हुँदा बैंकहरुको लगानी क्षमता बढ्ने भन्दै राष्ट्र बैकले यसको प्रभाव सकारात्मक हुनेमा बैंकरहरुलाई कन्भेन्स गरेको छ।

छलफलमा सेयर धितो कर्जाको सिमा १२ करोड गरिएको बारे पनि बैंकहरुले प्रस्ट्याई मागेका छन्। तर राष्ट्र बैंकले एकै व्यक्ति वा एकै सँस्थामा अरबौंको लगानी हुँदा त्यसले सँस्थानै जोखिममा पर्न सक्ने भएकाले जोखिम विकेन्द्रिकरणका लागि १२ करोडसम्मको सिम्मा तय गरिएको राष्ट्र बैंकको तर्क रहेको छ।

ठुलो रकम कर्जा लिएर पुंजीबजारमा लगानी गर्नुभन्दा केहि रकम आफैं र आफ्नो स्रोतबाट नै जुटाउनु पर्ने राष्ट्र बैंकको संदेश रहेको छ। १२ करोडसम्मको सेयर धितो कर्जा १२ करोडसम्म कायम गर्नलाई राष्ट्र बैंकले समय पनि दिने भएकाले यस व्यवस्थाबारे बैंक वित्तीय सस्थाहरु सकारात्मक देखिएका छन्।

छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स र लघुवित्तहरुका सीईओहरु, छाता संगठनका अध्यक्ष, उपाध्यक्षहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds