श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक
१ भदौ, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने ४७ करोड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी सदुपयोग गरी कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाखको आधारमा ३० प्रतिशत आईपीओ विक्री गर्ने तयारी गरेको हो ।
आईपीओ विक्रीका लागि भएको सम्झौतामा मंगलवार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा.श्री सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले निर्र्माण गरिरहेको यस आयोजना बाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको हाल ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीको भनाई छ ।