झापाको सोमबारेमा सिभिल लघुवित्तको ६५औं शाखा
२ भाद्र २०७८, बुधबार १५:२६
२ भदौ, काठमाडौं ।सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
‘संस्थाले समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यले संस्थाले नयाँ शाखा विस्तार गरेको हो ।
उक्त शाखासगैँ संस्थाले आफ्नो सेवाहरु ५२ हजार घर परिवारमा पु¥याएको छ । साथै, आगामि दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको छ ।