नेप्सेमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ४ अर्ब ६६ करोड रुपैयाँ, शिखरलाई टक्कर दिँदै नेको इन्स्योरेन्स

३ भाद्र २०७८, बिहीबार ०५:२४

भदौ ३, काठमाडौं । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ अर्ब २० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क आर्जनमा नेकोले आफुलाई अब्बल सावित गर्दा खुद नाफा आर्जनमा भने शिखर इन्स्योरेन्सले शीर्ष स्थानमा रहेको छ। शिखर इन्स्योरेन्सको कम्पनीले ४७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ रहेको छ। भने पिइ ७३.२६ गुणा र आरओइ १८.३६ प्रतिशत छ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले ४५ करोड रुपैयाँ नाफा गरेको छ। प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद नाफा ३७ करोड रुपैयाँ छ भने राष्ट्रिय बीमा कम्पनीको ३६ करोड रुपैयाँ छ।

नेपाल इन्स्योरेन्स कम्पनीले ३४ करोड ८७ लाख रुपैयाँको नाफा गरेको छ। सिर्द्धाथ इन्स्योरेन्स कम्पनीको नाफा ३० करोड रुपैयाँ २३ लाख रुपैयाँ छ भने प्रभु इन्स्योरेन्स कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ।

एनएलजी इन्स्योरेन्स कम्पनीले २५ करोड २२ लाख रुपैयाँ नाफा गरेको छ। आइएमइ जनरल इन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा २० करोड ३८ लाख रुपैयाँ छ।

त्यसैगरि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १७ करोड २४ लाख रुपैयाँको नाफा गरेको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १५ करोड ५५ लाख रुपैयाँको नाफा छ।

अजोड इन्स्योरेन्स कम्पनीको नाफा ९ करोड ५३ लाख रुपैयाँ रहेको छ साथै जनरल इन्स्योरेन्स कम्पनीले ९ करोड रुपैयाँको नाफा गरेको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ८ करोड ६२ लाख रुपैयाँको नाफा गरेको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीले ७ करोड ५२ लाख रुपैयाँको नाफा गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds