नबिल बैंकको नाफा साढे ४ अर्ब महामारीकाबिच पनि कसरी ? सफलताको कथा

३ भाद्र २०७८, बिहीबार ०७:४२

भदौ ३, काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । यसपटक नबिल पहिलेकै जस्तै मूनाफामा नम्बर १ मा देखियो ।

राम्रो मूनाफा कमाउने र सेयरधनीरुलाई पनि आकर्षक लाभांश दिने गरेको नबिललाई अघिल्लो वर्ष भने राष्ट्रिय वाणिज्य बैंकले मूनाफामा उछिनेको थियो । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो बर्षको तुलनामा यो ३० प्रतिशतले बढी हो ।

महामारीका बिच कसरी सम्भव भयो त यो ?

गत वर्षको शुरूदेखि नै बैकले रणानीति बदलेर काम गरेका थियो । २ वर्ष अघिसम्म बैंकको ५९ वटा मात्र शाखा कार्यालयहरु थिए साथै गाउँपालिकाहरुमा खोल्नु पर्ने १२ वटा शाखा र अन्य शाखाहरु समेत खोलेर बैंकले गत वर्ष ११९ वटा शाखा पुर्यायो । यी शाखाहरु पूर्ण रुपमा गत वर्ष सञ्चालन भएको जानकारी प्राप्त भएको छ ।

बैकले राष्ट्र बैंकको निर्देशन अनुसार कृषि क्षेत्रमा लगानी गर्यो, साना तथा मझौला उद्यम व्यवसायमा पनि लगानी गर्यो । शाखाबाट हुने व्यवसाय जोड दिएको थियो। बैंकका सबै टिमका सदस्यहरु बजारमा भिडेर राम्रो नतिजा ल्याउन सफल भएको हो । बैंकको आफ्नै ग्रोथ हेर्दा कर्जामा ४६ अर्बको ग्रोथ गरेको छ । बैकले युनाइटेड फाइनान्सलाई गाभ्यो । युनाइटेडको साढे ६ अर्ब पनि जोडिएको छ । अघिल्लो वर्ष बैंकको कर्जा १५३ अर्ब थियो, यसपाली भने २०५ अर्ब पुर्याएको छ ।

बैकको शाखा कम भएकाले संस्थागत निक्षेप धेरै लिने गरेको थियो, ठूला ठूला सिमेन्ट, स्टील, हाइड्रोपावर लगायतका धेरै ग्राहक थिए पनि थिए । शाखा प्रबन्धक तथा कर्मचारीहरुले बजारमै गएर विजनेस डिमान्ड गर्यो । यस बैकले बजारमै गएर ब्राण्ड पुुस गरेपछि थुप्रै ग्राहकहरु तानिएका थिए ।

बिजनेस र नाफा मात्र नभएर बैंकले धेरै रोजगारी तथा सामाजिक कार्यहरुमा पनि आफ्नो सक्रियता घटाएन । नेपालको ग्रामीण भेगमा गएर सबभन्दा पहिले क्षमता अभिवृद्धि समेत पनि गर्यो । साथै प्रगतिको साथि ब्राण्ड र ब्राण्ड प्रतिको बिश्वास सगैं निरन्तरको लगन, टिमको मेहनत साथै गा्रहकहरुले गरेको बिश्वास नै सफलताको संबाहक भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *