कामना सेवाको खुद नाफामा ६ गुणाले वृद्धि
भदौ ३, काठमाडौं । कामना सेवा विकास बैंकको वित्तिय विवरण अनुसार यस बर्षको खुद नाफा अघिल्लो बर्षको सोहि अवधिको तुलनामा करिब ६ गुणाले वृद्धि भएको छ ।
गत आर्थिक बर्षको असार मसान्त सम्म बैकले ७० करोड २ लाख चालिस हजार रुपैँया खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो बर्षको सोहि अवधिको तुलनामा ४८४.९० अर्थात ५.८४ गुणा बढि हो । अघिल्लो आर्थिक बर्ष कम्पनीले सोहि अवधि सम्म ११ करोड ९७ लाख १९ हजार रुपैँया खुद नाफा आर्जन गरेको थियो । यो एकदमै ठुलो वृद्धि हो । यस बैंकको खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसगैँ इम्पेरीमेन्ट चार्ज घटेर बैंकको खुद नाफा बढ्न पुगेको हो ।
बैकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशतले बढेको छ । यस बैकको इम्पेरिमेन्ट चार्ज भने ५५.८७ प्रतिशत सम्म घटेको छ । जसले गर्दा सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक बर्ष १३ करोड ७४ लाख रुपैँया ऋणात्मक रहेको बैकको वितरणयोग्य मुनाफा गत आ.बमा ४३ करोड ४५ लाख रुपैँया धनात्मक भएको छ । दीर्घकालीन लगानीकर्ताहरु समेत यसको असाधरण ग्रोथ प्रति आर्कषित भएका छन ।
बैंकको नाफा सगंै इपिएस पनि २ रुपैँया १६ पैसा बाट बढेर २६ रुपैँया ४० पैसा पुगेको छ साथै प्रति शेयर नेटवर्थ १२० रुपैँया ४८ पैसा बाट बढेर १४८ रुपैँया ६१ पैसा पुगेको छ ।
त्यसैगरी बैकको चुत्ता पूँजि ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जामा ४९.७७ प्रतिशतले बढोत्तरी भएको हो । यो सगैं कामना सेवा बिकास बैकले आफ्नो प्रगतिशिल राम्रो वित्तिय विवरण सार्बजानिक गरेको छ ।