नेप्सेमा दोहोरो अकंको करेक्सन ,दुई कम्पनीको १/१ अर्ब बढीको सेयर किनबेच

३ भाद्र २०७८, बिहीबार ११:०६

भदौ ३, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८०.७८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

बिहिबार अरुण काबेली पावर र अरुण भ्याली जलबिद्युतको १र१ अर्ब माथिको सेयर कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने १० मध्ये ७ वटा जलविद्युत कम्पनी रहेका छन्। त्यस्तै नेशनल हाइड्रोपावरको ८३ करोड, रिडी हाइड्रोपावरको ५८ करोड र एचआइडिसीएलको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बिहिबार जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीहरुको भने सर्किट लेभलमा पुगेर कारोबार भएको छैन। एचआइडिसीएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घटेको छ। ङादी ग्रुप र माउनटेन हाइड्रोको सेयर मूल्य ८र८ प्रतिशतले घटेको छ।

कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *