अब डिशहोम फाइबरनेट सेवा बनेपामा

३ भाद्र २०७८, बिहीबार १२:२२

३ भदौ, काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालभर पुग्नेगरी लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बनेपा पुगेको छ ।

छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीको योजना छ ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा निस् शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds