एनआईसी एशिया बैंकले ल्यायो ३ कम्पनीको सेयर लिलामीमा

४ भाद्र २०७८, शुक्रबार ०८:५८

भदौ ४, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आज (भदौ ४ गते) बाट लिलामीमा ल्याएको छ । बैंकले यसअघि पनि पटक पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेका हो ।

लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

यसमा न्युनतम १०० कित्ता र अधिकतम सम्पुर्ण सेयरको लागि आवेदन दिन सकिनेछ भने यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *