मेलम्ची खानेपानीका १० प्राडोसहित २७ गाडी हराए
६ भाद्र २०७८, आईतवार ०६:०३
भदौ ६, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् ।
महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो ।
हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई विवरण दिइएको छ ।आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने यी गाडी आफ्नो नाममा दर्ता गरी मर्मत र संचालन गर्न एक मोटर्स कम्पनीले निवेदन समेत दिएको पाइएको छ ।
यसबारे विवाद अलालतमा विचाराधिन अवस्थामा रहेको समेत महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।