सबै बैंकले बेस रेट घटाएसगैं कर्जाको ब्याजदर सस्तियो, वाणिज्य बैक एक नम्बर

६ भाद्र २०७८, आईतवार ११:४४

भदौ ६, काठमाडौं । गत आर्थिक वर्ष २०७७र७८ मा वाणिज्य बैंकहरुले बेस रेट अर्थात घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले आधार दर घटाएका छन् ।

आ.व २०७६र७७ को असार मसान्तमा यी वाणिज्य बैंकहरुको बेस रेट ८.५० प्रतिशत रहेको थियो । यो रेट घटेर २०७७र७८ को असार मसान्तसम्म ६.८९ प्रतिशतमा आएको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

सबैभन्दा सस्तो आधार दर हुने बैंकहरु

राष्ट्रिय वाणिज्य बैंक

ऋण लिदा सबैभन्दा सस्तो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पर्ने देखिएको छ । राष्ट्रि वाणिज्य बैंकको बेस रेट असर मसान्तसम्म ५.४१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको बेस रेट ५.८० प्रतिशत रहेको थियो ।

स्टाण्डर्ड चार्टड बैंक

बेस रेट कम हुने बैंकहरुमा दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको छ । स्टाण्डर्ड चार्डड बैंकको अघिल्लो वर्ष ७.७० प्रतिशत रहेको बेस रेटलाई घटाएर ५.५१ प्रतिशतमा झारेको छ ।

नेपाल बैंक

बेस रेट कम हुने बैंकहरुमा तेस्रो नम्बरमा भने मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । नेपाल बैंकको बेस रेट ६.९९ प्रतिशतबाट घटेर ५.७३ प्रतिशतमा झरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

बेस रेट कम हुने बैंकहरुमा चौथो नंबरमा नेपाल इन्भेष्टमेन्ट बैंक समेल छ । बैंकले ७.५१ प्रतिशमा रहेको बेस रेट घटाएर ५.७४ प्रतिशतमा झार्न सफल भएको छ ।

नविल बैंक

मूनाफामा नम्बर वान नविल बैंकले पनि बेस रेटमा सुधार गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ७ दशमलव ३२ प्रतिशत रहेको बेस रेट ५ दशमलव ८६ मा नबिलले झारेको छ ।

बैंकहरुले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै बेस रेट हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *