कर्मचारी संचय कोषको प्रमुख प्रशासकबाट गौतम बर्खास्त, के होला मर्ज प्रक्रिया ?

६ भाद्र २०७८, आईतवार १२:४४

६ भदौ, काठमाडौं । कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तीमा परेका छन् । गत साता बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हिमालयन बैंकका अध्यक्ष समेत रहेका गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए ।

कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष बनेका हुन् । हिमालयन बैंक र नेपाल इन्भेस्टेन्ट बैंक मर्जका प्रक्रिया गौतमकै नेतृत्वमा हिमालयन बैंकको नेतृत्व गरिरहेका छन । आउदो कात्र्तिकदेखि एकिकृत कारोबार गर्ने गरि दुबैं बैंकको मर्ज प्रक्रिया चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *