एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार जरिवाना
६ भाद्र २०७८, आईतवार १५:३४
६ भदौ, काठमाडौं ।एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई जरिवाना लिने भएको छ । भारतको आरबिआई बैंकले एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार रुपैयाँ जरिवाना .लिने नयाँ नियम बनाएको हो ।
भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो ।
बैकका अनुसार नयाँ नियम १ महिनाको अवधिमा कूल १० घण्टा एटिएममा पैसा नरहेको पाईएमा प्रति एटिएम १० हजार नगद जरिवाना छ । यो नियम आगामी अक्टोबर १ देखि लागु हुनुका साथै यदि एटिएममा पैसा नभएको कारणले नै ग्राहकले पैसा निकाल्न नपाएको अवस्थामा उक्तनियम लागू हुने बताईएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार हाल भारतमा २ लाख १३ हजार ७ सय ६६ वटा एटिएम रहेका छन् भने स्टेट बैंकको सबै भन्दा धेरै ६३ हजार ९ सय वटा एटिएम छन् ।