युनाइटेड इदी मर्दीको नाफा ४ करोड ६० लाखमाथि, प्रतिशेयर आम्दानी कति ?

६ भाद्र २०७८, आईतवार १६:२८

६ भदौ, काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४ करोड १४ लाख रुपैयाँ ऋणत्मक रहेको हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ६० लाख रुपैयाँले धनात्मक भएको छ। विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेकाले कम्पनीको नाफा बढेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत् विक्री बापत १० करोड ५४ लाख ७६ हजार आम्दानी गरेकोमा गत आवमा वृद्धि भएर १३ करोड ४५ लाख ८ हजार पुगेको हो ।

चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ छ। असार मसान्तसम्ममा प्रतिशेयर आम्दानी १० रुपैयाँ ९७ पैसा कायम भएको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात ४३.२९ गुणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *