मिर्मिरे लघुवित्तको संस्थापक शेयर विक्रीमा

७ भाद्र २०७८, सोमबार १२:२९

७ भदौ, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको एक लाख ६२ हजार ७ सय ८९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा पठाउन अनुरोध गरेको छ ।

त्यसैगरी, संस्थाले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds