यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
८ भाद्र २०७८, मंगलवार ११:४१
८ भदौ, काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएको छ । १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
आज कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको आज ७५ करोड ४३ लाख बढीको कारोबार भएको हो ।
त्यस्तै, अरुण काबेली हाइड्रोपावरको ७१ करोड ९१ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको आज ५८ करोड ५३ लाख बढीको कारोबार भएको छ ।