कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा
९ भाद्र २०७८, बुधबार १४:१९
भदौ ९, काठमाडौं । कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक शेयर आज (बुधवार) देखि विक्रीमा आएको छ ।
शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको ४० हजार कित्ता शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बैंकले विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्नेछ ।
३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रकृया अघि बढाईने बैंकको भनाइ छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।