तेह्रथुम पावरको आइपीओमा पहिलो दिन नै मागभन्दा १० गुणा बढीको आवेदन, कतिले भरे त ?
९ भदौ, काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको आज पहिलो दिन रहेको छ । पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख ४६ हजार ३ सय ६८ जना आवेदकले ७४ लाख ३९ हजार ४ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ९।९९ गुणा बढी आवेदन हो ।
कम्पनीले आज भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर ९आईपीओ० बिक्री खुल्ला गरेको हो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।
म्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ ।
त्यसैगरी, लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।