कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच महत्वपूर्ण सम्झौता
१० भाद्र २०७८, बिहीबार १५:५७
१० भदौ, काठमाडौँ। कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच स्वास्थ्योपचार सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीबाट उपलब्ध हुने विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० % सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकले देशभरमा १९६ शाखा, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट आफ्ना ग्राहकहरुलााई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउँदै आएकोे छ ।