नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ

११ भाद्र २०७८, शुक्रबार ०७:५३

११ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने अर्याललाई सर्वसम्मत रुपमा भदौ १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *