सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार शुरू
१२ भाद्र २०७८, शनिबार ०७:२६
१२ भदौ, काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरू भएको छ । अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन शुरू गर्ने रेमिटान्स कम्पनी हो, जसको १०२ स्थानमा आफ्ना शाखाहरू उपलब्ध छन् ।
कुवेतमा रहेका नेपालीहरूले यो एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ ।