यी वाणिज्य बैंकले बढाए ब्याजदर, कस्ले कति पुर्याए ?

१३ भाद्र २०७८, आईतवार १५:१५

१३ भदौ, काठमाडौं । नाफा सुरक्षित गर्न बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । बैंकहरुले यही भदौबाट लागू हुने गरी निक्षेपमा ब्याजदर बढाएको हो ।

नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । बैंकको व्यक्तिगत अधिकतम मुद्दतिमा ८।७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको विज्ञप्तिको आधारमा निक्षेपको नयाँ ब्याजदर यसप्रकार छः

राष्ट्रिय वाणिज्य बैंकले बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ देखि ७.२५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ५ देखि ६.५० प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ । नबिल बैंकले साधारण बचतमा खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज दिने नविल बैंकले घोषणा गरेको छ । ३ महिनाका लागि भने मुद्दतिमा ५.५१५ सम्मको निर्धारण गरेको छ ।

एनआइसी एसिया बैंकले सार्वजनिक गरेको छ नयाँ ब्याजदरअनुसार साधारण बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ भने बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म निक्षेपकर्ताले ब्याज पाउनेछन् । सेञ्चुरी कमर्सियल बैंकले साधारण बचतमा न्यूनतम ब्याज २.५०प्रतिशतदेखि अधिकतम ३५ कायम गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशतसम्म कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपकर्ताका लागि हो ।

नेपाल बैंकले बचतको न्यूनतम ब्याजदर ३.०५ देखि अधिकतम ४.५५५ सम्म ब्याजदर रहेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ प्रतिशतसम्म कायम गरेको छ ।एभरेष्ट बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको छ । यसमा साधारण बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निक्षेपकर्तालाई दिनेछ । बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशतले तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९ प्रतिशत रहेको थियो । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५ सम्मको ब्याजदर निर्धारण गरेको छ ।एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतको न्यूनतम ब्याजदर २.५० देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दति निक्षेपको न्यूनतम ६.५० प्रतिशत देखि अधिकतम ब्याज ७.५० प्रतिशतसम्मको नयाँ ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०५ तोकेको छ भने साधारण बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर सर्वसाधारण निक्षेपकर्तालाई कायम गरेको छ ।माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म कायम गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशतसम्म तोकेको छ ।

सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म र मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ ।प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ देखि अधिकतम ४।५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५ र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशत देखि अधिकतम ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ भने यता, बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।सिभिल बैंकले मुद्दतिमा सबैभन्दा धेरै ब्याजदर कायम गरेको छ । उसले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने बचतमा न्यूनतम ४.०५ देखि अधिकतम ५.०५ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज दिने उल्लेख गरेको छ ।

सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिनेछ ।बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशतसमम कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपमा हो ।

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम साधारण ब्याजदर २.७६ देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३ देखि अधिकतम ५ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ । यो ब्याजदर भने एकवर्ष भन्दा माथिको हकमा मात्र लागू हुनेछ ।एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६ प्रतिशत र अधिकतम ५ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६ प्रतिशत कायम गरेको छ भने न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ ।

यसैगरी, लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशत छ भन अधिकतम ४.५ प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशत छ भने ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशतसम्म ब्याज दिनेछ । नेपाल बंगलादेश बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ जसमा बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत छ भने न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *