उद्योग परिसंघमा विदेशीलगानी सहजीकरण समिति गठन

१४ भाद्र २०७८, सोमबार ०६:०८

काठमाडौँ – नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ ।

परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य रहेका छन् ।

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपालमा विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।

समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लैगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds