साढे ९ अर्बको कारोबार हुँदा नेप्सेमा ५० अंकको गिरावट

१७ भाद्र २०७८, बिहीबार १०:४२

१७ भदौँ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो नेप्सेमा झिनो अंकको सुधार भए पनि आज फेरि उच्च अंकको गिरावट आएको हो

सेयर बजार ९नेप्से० ५० दशमलब ०३ अकंल घटेर २९२६ दशमलब ९९ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ९० अकंले घटेर ५४१ दशमलब ७८ अकंमा पुगेको छ ।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ३५ करोडको शेयर कारोबार भएको नेप्सेमा यस दिन २३० कम्पनीको १ लाख ५ हजार ७७५ पटकको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, अपी पावर, ङादी ग्रुप पावर, युनाइटेड मोदी हाईड्रोपावर, हिमालयन डिष्टिलरी, लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्स फण्ड, अरुण भ्याली हाईड्रोपावर, एनएमबी(५०, अपी पावर, सनराईज फण्ड म्यूचल फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा सानिमा लाईफ इन्स्योरन्स, मनकामना स्मार्ट लघुवित्त, चन्द्रगिरी हिल्स, खानीखोला हाईड्रोपावर, डेप्रोक्स लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने नारायणी डेभल्पमेन्ट बैंक, कर्पोरेट डेभल्पमेन्ट बैंक, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभल्पमेन्ट कम्पनी, कणार्ली डेभल्पमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा २३ कम्पनी लागनीकर्ताले कमाउदाँ १५८ कम्पनीमा लगानीकर्ताहरुले गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *