अब एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने
१७ भाद्र २०७८, बिहीबार १५:४९
१७ भदौ, काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।