आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

१८ भाद्र २०७८, शुक्रबार ११:४३

१८ भदौँ, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds