नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत
१८ भाद्र २०७८, शुक्रबार १४:३२
१८ भदौँ, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३’ङ’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यो ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।
नेप्सेले प्रकाशन गरेको सूचना यस्तो छ :