कोरोना संक्रमित काठमाडौंमा अझै धेरै, २,१९५ जना संक्रमणमुक्त

१९ भाद्र २०७८, शनिबार १४:०२

१९ भदौँ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४/४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित भेटिएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना निको पनि भएका छन् । कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds