पाइल्स कस्तो रोग हो ? किन हुन्छ ? यसरी हुन्छ उपचार

१९ भाद्र २०७८, शनिबार १४:५६

१९ भदौँ, काठमाडौं । पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । अस्वस्थ खानपानका कारण लाग्ने पाइल्स रोग अहिले आम नेपालीको समस्याका रुपमा देखा पर्न थालेको छ ।

शुरुमा रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई हुने समस्याले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ। मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ ।

पाइल्स रोगका लक्षण

पाइल्सको लक्षण मलद्वार र मलासयसँग हुने भएकाले दिसा गर्दाका बेला हुने समस्या नै यसका लक्षण हुन् ।पाइल्स भएमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मलद्वारबाट मासुको डल्ला बाहिर निस्कने आदि समस्या हुन्छन् ।

विशेषगरी, कार्यव्यस्तताका साथै विभिन्न कारणले लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने गर्दछ ।

बुझ्दा सामान्य रूपमा बुझिने पाइल्सका चार चरण हुन्छन् । पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने,माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

पायल्सको ४ स्टेजहरु

पहिलो चरण

यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन । तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिको प्रयोगबाट निको पार्न सकिन्छ ।

दोस्रो चरण

दोस्रो चरणको पायल्समा जुन फोका वा मुसा जस्तो समस्या हुन्छ, त्यो दिसा गर्ने समयमा बाहिर निस्कन्छ र हातले भित्र लैजाँदा भित्र जान्छ पनि यसरी हातले भित्र थिचेर बस्दा मात्रै त्यो भित्र बस्छ ।पहिलो चरणको तुलनामा यो अलिक बढी दुखाइ महसुस हुने खालको हुन्छ । यस क्रममा परिश्रम हुने वा रगत समेत आउने सम्भावना हुन्छ ।

तेस्रो चरण

यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ ।

यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चौथो चरण

यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।

पाइल्स रोगबाट बच्न उपाय

पाइल्स भएका बिरामीले सबैभन्दा धेरै पानी पिउन आवश्यक छ । त्यस्तै दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखान चिकित्सकले सुझाव दिने गर्दछन् ।

त्यस्तै माछामासु कम खाने, दिनहुँ हरियो सागपात र फलफूल खाने। दैनिक ३ देखि ५ लिटरसम्म पानी पिउनु उपयुक्त हुने गर्दछ ।पाइल्स रोग लागेका बिरामीले कसरतमा पनि विषेश ध्यान दिनुपर्छ । दैनिक कसरत गर्दा पसिना आएर रोगबाट बच्न सकिन्छ ।

यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ । यो रोगका संक्रमितको अप्रेसन गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *